देशको लागि छिटो छिटो संबिधान चाहियो अब
अविश्वास र अशान्तिको अवसान चाहियो अब
धेरै पल्ट देखेका छौं कुर्सी तान्ने खेल मात्रै
इमान्दार र निष्ठावादी भगवान चाहियो अब
मूर्खको त खाँचो छैन जताततै भेटिन्छन् ती
सरकारमा राष्ट्र प्रेमी बुद्धिमान चाहियो अब
लगातारका मतभेदलेपछि परे धेरै कुरा
दिगो विकास गर्न सक्ने बलिदान चाहियो अब
बाँच्न पाऊन् नेपालीले सुख, शान्ति, सम्वृद्धिमा
तीन कोटी आँगनमा सुनको बिहान चाहियो अब
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
