तिमी त गयौ
एकचोटी !
फर्केर हेर्दै नहेरी
तर, म उभिरहें
बीच बाटोमा
कुनै रुख उभिएझैं
र हेरिरहें तिमीलाई
एकनाश…
ऊ परको डाँडाले नछेकेसम्म
तिमी त गयौं
एकचोटी !
फर्केर हेर्दै नहेरी ।
तिमी त गयौं
मलाई !
कतै एक्लै छाडि
तर, म अल्झिरहें
तिमीले–
छाडेका ती यादहरुसँग
र बाँचिरहें हेरेर
एकनाश…
तिम्रै फोटो
तिमी त गयौं
मलाई !
कतै एक्लै छाडी ।
तिमी त गयौं
सायद !
अब नफर्किने गरी
तर, म पर्खिरहें
उही चोकमा
जहाँ छाडेकी थियौं
र झारिरहें आँसु
एकनाश…
तिम्रै सम्झनामा
तिमी त गयौं
सायद !
अब नफर्किने गरी ।
सुशील शाह
सम्पर्क नं – ९८४३५९८८९१
(कुपण्डोल, ललितपुर)
