Skip to content

श्रष्टा केसीद्वारा रचित ‘नर्थ सी को किनाराबाट’ कविता संग्रहको विमोचन


बागलुङ
२०७० मंसिर २६

बागलुङ मुलपानीका स्रष्टा दिपेन्द्र केसीद्वारा रचित कविता संग्रह ‘नर्थ सीको किनाराबाट’ आज बागलुङमा विमोचन गरिएको छ । नयाँ साँस्कृतिक आन्दोलन बागलुङद्वारा आयोजित विमोचन समारोहमा साहित्यकार काजी रोशनले कविता संग्रहको विमोचन गरेका हुन् ।

बागलुङ नगरपालिका-२ घर भै बैदेशिक रोजगारका लागि बेल्जियम रहेका केसीद्वारा रचित कृतिको बिमोचन पछि बोल्दै धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले साहित्यको माध्यमद्वारा समाजमा रहेका बिकृति र बिसंगतीको अन्त्य गर्नुपर्ने बताउदै केसीको कृतिले नेपाली साहित्यको फाटको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष रोशनल आगामी दिनमा पनि साहित्यको विकासको लागि निरन्तर लागिरहन कवि केसीलाई आग्रह गरे ।

यसैगरी बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत हरिदत्त कडेल र विश्व नारी नेपाली साहित्य सम्मेलन बागलुङका अध्यक्ष शकुन्तला शर्माले यस्ताखाले कार्यक्रमले कला साहित्य र संकृतिको जर्गेना गर्ने बताएका थिए ।

सो अवसरमा काजी रोशन, मुकेशचन्द्र राजभण्डारी, शकुन्तला शर्मा, पदमराज लामिछाने, राम थापा अविरल, युक्तप्रसाद सुवेदी, गुणराज पौडेल, रामकृष्ण चालिसे, सीता पोखरेल, कोपिला कँडेल, संगम घर्ती, विष्णु आले,सुसन परियार बिसर्जन लगायतले आफ्नो रचना बाचन गरेका थिए ।

यसैवीच श्रष्टा दिपेन्द्र केसीले धौलागिरीको साहित्यिक विकासको लागि आफ्ना स्वर्गीय हजुर बुवा बम बहादुर केसी र हजुर आमा सरस्वती केसीको स्मृतिमारु १ लाखको अक्षय कोषको स्थापना गरेका छन् ।

कोष संचालनका लागि धौलागिरी साहित्य प्रतिष्ठानलाई जिम्मा लगाईएको छ । कोषको रकम कवि दिपेन्द्र केसीकी धर्मपत्नी विना केसीले धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनलाई हस्तान्तरण गरेकी थिइन ।

कोषबाट प्रतेक दुई/दुई वर्षमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्याउने एक/एक जनालाई पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

कार्यक्रम नयाँ साहित्यिक आन्दोलनका सयोजक राजभण्डारीको अध्यक्षता, ताराप्रसाद शर्माका स्वागत र राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *