हलिया नारायण रेगिस्तान भासियो
जमिनदारको घरमा बीस बर्ष हलिया बसेर
उही साहुसँग
सय कडा पाँचमा ब्याज लिएर
गर्थ्यो काम शेखको पचास तले भवन बनाउने
निष्ठुरी दैव
एक साझ निदाएको ऊ
कहिल्यै नब्युझने गरी निदायो
उस्को स्वास्नीले पेट बोकेको
छ महिना भाथ्यो
जमिनदारको धान काट्दा काटदै
गर्वे जन्मियो
गर्वेको आमाले सुनेकी हो
गर्वेको बाउ
रेगिस्तान भासिएको अघिल्लो साल
हलियाको मुक्ति भो
मुलुकमा तन्त्र फेरियो
अफसोच
गर्वेको आमाको दु:ख
बीसको उन्निस भएन
यो साल देखि गर्वे पनि
जमिनदारको खेत जोत्ने भो
गर्वेको आमाले
जमिनदारसँग सोधी
मालिक अँझै ॠण चुक्ता भएन ?
मालिक बम्कियो
नोकरको ॠण पनि चुक्ता हुन्छ र ?
मालिकको रवाफले
गर्वेको आमा
काल चक्रमा परी ।
निश्चल काउचा
