Skip to content

तिम्रै लागि रचिएका गीत


तिम्रै लागि रचिएका गीत गज़ल बिर्स्यौ क्यारे
वियोगले तड्पिएर बस्छ घायल बिर्स्यौ क्यारे

छमछमी नाचेकी थ्यौ सुरिलो त्यो भाकासँगै
झ्याउरेमा बजाएको घिन्ताङ् मादल बिर्स्यौ क्यारे

अप्सरा नै हौ कि भन्ने लागेको थ्यो रूप देख्दा
कति राम्रो सुहाएको बुट्टे आँचल बिर्स्यौ क्यारे

सिरी सिरी बतासले मायाँ गाँस्थ्यो लजाएर
वर पिपल चौतारीमा खोज्थ्यौं शीतल बिर्स्यौ क्यारे

भक्ति भाव दर्शाउँदै पूजा आजा गर्थ्यौं हामी
देवी माता ईश्वरीको अग्लो देवल बिर्स्यौ क्यारे

अधुरो भो,जिन्दगीभरसँगै बस्ने धोको हाम्रो
कठोर भै बसेकी छ्यौ,खै त “कोमल”?बिर्स्यौ क्यारे

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

1 thought on “तिम्रै लागि रचिएका गीत”

  1. मुक्तक
    मेरी आमा दुध दही लुकाएर दिन्थ्यौ ।
    जे मागेनी गह सबै सुकाएर दिन्थ्यौ ।।
    हजुर मालाई भन्थे सधै पिट्छिन मेरी आमा
    रत मलाई एकै बचन दुखाएर दिन्थ्यौ ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *