Skip to content

डल्ली होस वा मोटी


डल्ली होस वा मोटी होस साली भए हुन्थ्यो
मलाई पनि छोरी दिने ससुराली भए हुन्थ्यो

दशै तिहार जाने गर्थें मिठो मिठो खान्थे
ज्वाई भन्दै टीका लाउने थाली भए हुन्थ्यो

काम गरी घर आउदा खाना पस्कि बस्थी
गोरी मलाई चाहिएन काली भए हुन्थ्यो

साथी सबै हात समाई यता उति डुल्छन्
उमेर छदै बिहे गर्ने मेरो पाली भए हुन्थ्यो

शहर भरी पुतलीहरू फुर फुर उडी हिडछन
फूल सिहार्ने बगैचाको माली भए हुन्थ्यो

हरि पौडेल
नेदरल्याण्ड
१८-११-२०१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *