लेकबाट बेँसी झर्नै पर्ने भो
सानीसँग मनका कुरा खोल्नैपर्ने भो
झल्को गाजालु आँखाकै प्यासी अधरकै
तृष्णा सुकोमल मिठो स्पर्षकै
जिन्दगीको जँघार तर्नै पर्ने भो
अब त बेँसी तिरै झर्नै पर्ने भो
बिर्सिएर आफ्नै ढुकढुकी अन्त कहाँ खाज्नु
फुल फुले जुन उदाए अँझै कति कर्नु
पिरतीको सँघार खोल्नेै पर्ने भो
अब त माया प्रीतिका कुरा गर्नै भो
याम क्षितिज विश्वकर्मा
पोखरा
