गरिबको आँखाबाट आँसु झरिरहेको देख्छु
भोको पेटमा पानी भन्दै मरिरहेको देख्छु
हे प्रभु ! अँझै दु;ख देऊ बरु चाडै मर्न त सक्छ
के गरोस् बिचरा ! तिम्रै शरण परिरहेको देख्छु
धनी हुन्थ्यो होला आँसुको मूल्य पर्ने भए आखिर
त्यो पियर नै उसको जीवन टरिरहेको देख्छु
बाँचुन्जेल ईज्जत बचाउनै पर्यो भन्दै उस्ले
यौटै बस्त्र सधै टाल्ने काम गरिरहेको देख्छु
रामकृष्ण पौडेल ”अनायास”
गजलकुञ्ज
