जिन्दगी जिउदा जिउदै अभिशाप लाग्न थाल्यो
प्रेमको दिपक निभेछ र त पाप लाग्न थाक्यो
मनको सन्ताप बढ्दैछ अनायासै मुटु पोल्दै
जूनको चाँदनी पोखिदा पनि ताप लाग्न थाल्यो
सुस्तरी धड्कन चल्दैछ फेरि किन निस्सासिएँ
यो देह र आत्मा खुकुरी अनि दाप लाग्न थाल्यो
संकल्प गरेथें अनौठो आकाशको तारा टिप्ने
नपुग्दा गन्तब्य सोच नै सडक् छाप लाग्न थाल्यो
कल्पना राई “खुशी”
दोलखा नेपाल
दक्षिण कोरिया

रुदा रुदै समय तिमीले
रुदा रुदै समय तिमीले हास्न सिकायौ I
संगर्ष का यी घडी मा बच्न सिकायौ I
पल पलमै आयो आधि मेरो जिबन मा I
क्षण भरको खुशी मा नि नाच्न सिकायौ I
रुदा रुदै समय तिमीले बच्न सिकायौ II
दु:ख लाग्यो कि क्या हजूर लाई
सदै दु:खि हुनी मन
आज बसन्त को फूलबारी भो
जे भन्यौँ जे गर्यौँ सबै कहानी भो
जिन्दगानी बग्ने पानी भो
हात छ खाली के दीन सक्छु मैले
आँशु नै लानुहोस् निशानी भो
दु:ख लाग्यो कि क्या हजूर लाई
जिस्कने मेरो बानी भो
भूल त गरेँ अन्जानमा निकै मैले
आज चाहिँ जानी जानी भो
भन्नु बाँकी अझै थियो तिमीलाई
झस्कीयछु उठ्दा बिहानी भो …
::::::::::::::::::::::::::::::::::::::::::
डिल्ली प्रसाद खराल
दु:ख लाग्यो कि क्या हजूर लाई
सदै दु:खि हुनी मन
आज बसन्त को फूलबारी भो
जे भन्यौँ जे गर्यौँ सबै कहानी भो
जिन्दगानी बग्ने पानी भो
हात छ खाली के दीन सक्छु मैले
आँशु नै लानुहोस् निशानी भो
दु:ख लाग्यो कि क्या हजूर लाई
जिस्कने मेरो बानी भो
भूल त गरेँ अन्जानमा निकै मैले
आज चाहिँ जानी जानी भो
भन्नु बाँकी अझै थियो तिमीलाई
झस्कीयछु उठ्दा बिहानी भो …
::::::::::::::::::::::::::::::::::::::::::
डिल्ली प्रसाद खराल