खोला परें बिना पुलको त्यसैले त छाड्यौ मलाई
कुलो परें बिना मुलको त्यसैले त छाड्यौ मलाई
कुन पापीको बेहोसीमा कुन वेश्याले जन्माएको
मान्छे परें बिना कुलको त्यसैले त छाड्यौ मलाई
ठूलो भीडमा नमिलेको मेरो एक्लो पहिचानले
म त परें बिना हुलको त्यसैले त छाड्यौ मलाई
सडक माथि आकाशको छहारी लिई हुर्किएको
मान्छे परें बिना झुलको त्यसैले त छाड्यौ मलाई
हजारौंले मन् पराउँने बगैचाको मग्मगाउँदो
बास्ना परें बिना फुलको त्यसैले त छाड्यौ मलाई
चाँगे: ५ ताप्लेजुंग
हाल: सिंगापुर

ramro cha
sathi gajal ekdam ramro xa tara tapaiko aama lai sunaune vane k sochnuhola???????
कुन पापीको बेहोसीमा कुन वेश्याले जन्माएको
मान्छे परें बिना कुलको