Skip to content

नदेओ शुभ कामना र सुभेक्षा


नदेओ कसैले शुभ कामना र सुभेक्षाहरू
नदेओ कसैले आशीस र आशाहरू
आउछन जान्छन वसन्त र शिशिर वर्षै पिच्छे
चाडबाड र नयाँ वर्षहरू
युगौदेखि
शदिऔदेखि
अनि मैले जिएको दशकौदेखि
यस्ता चाडबाड र नयाँ वर्षहरू
आएका छन र गएका छन,

उहिल्यै देखि थापी आएकी छु,
सिरोपर गरी जिएकी छु
बाजे बराजु र बुजुर्गका आशीस र शुभ कामना,
आशै आशमा जेलिएका मिठा शब्दका उपहारहरू
सुनिरहू जस्तो,

ज्ञानी हुनु
बुद्धिमानी हुनु
कसैको अगाडि झुक्न नपरोस
नुहाउदा केस नझरोस
हिड्दा ठेस नलागोस
धन सम्पतीले भण्डार भरियोस
कसैले कुभलो नचिताओसक्रमश:

आज यतिका दिनसम्म यी आशिसका अनुभूति गर्न सकिन हो!
यो सत्ये हो,
जब मैले हलो कोदालो छोइन,
अन्न फलेन
जब मैले कुर्कुच्चा फुटाई लेक बेंसी गरिन,
नून तेल पाइन
जब आध्यारो भनी पानी पँधेरो गरिन,
तिर्खा मेटिएन
जब अर्म पर्म गरिन,
आफन्त र समाज पाइन
जब भकारो र मल बोकिन,
माटो मलिन भएन,

त्यसैले,
समयले बाँच्न सिकाउछ,
आवश्यक्ताले कर्मसील बनाउछ
साहसले बिजयी बनाउछ
आफूले आफूलाई बनाउने हो
न कि आशिस र सुभेक्षा ले,
भनेर
ऊ बेला हाम्रा बुजुर्गले हाम्लाई सिकाको भए
आज अस्ति नै भई सक्थ्यो
यो वर्ष दशक पहिले नै भई सक्थ्यो,
कारण,
चेतनशील व्यक्तिले भाग्यको आश गर्दैन,
भाग्यमानी त्यो हो,
जसले आफ्नो भाग्य आफै कोर्छ,

अनि भन्न मन लाग्छ,
नदेओ कसैले शुभ कामना र सुभेक्षाहरू
नदेओ कसैले आशीस र आशाहरू
आउछन जान्छन वसन्त र शिशिर वर्षै पिच्छे
चाडबाड र नयाँ वर्षहरू
युगौदेखि
शदिऔदेखि
अनि मैले जिएको दशकौ देखि
यस्ता चाडबाड र नयाँ वर्षहरू
आएका छन र गएका छन ।

कल्पना राई “खुशी”
दोलाख नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *