प्रवास मै बसे पनि मेची काली नबिर्सौं है
स्वर्ग जस्ती मातृभूमि र नेपाली नबिर्सौं है
तिर्नु पर्छ जननीको भारा हाम्ले जिन्दगीमा
रस चुस्दै भमरा झैं फूलको डाली नबिर्सौं है
ढकमक्क लालिगुरास प्रतिक्षामा बस्लान् सधैँ
डाँडा, काँडा, पखेरा र देउराली नबिर्सौं है
हिमालको चोखो मायाँ बोकेकाछन् हृदयमा
आफ्नो प्यारो नदी नाला खोलाखाली नबिर्सौं है
सर्वोच्च छन् हाम्रै धर्म, संस्कृति र परम्परा
स्वदेशकै चाड बाड र खुसीयाली नबिर्सौं है
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
