Skip to content

हाड छाला मासपेशी


हाड छाला मासपेशीले सिर्जित छ यो जीवन
तिम्रै लागि सदाकाल समर्पित छ यो जीवन

गोला बारुद क्षेप्यास्त्रले यो तन सिँचित भयो
शान्तिशयन खोज्दाखोज्दै त्रशित छ यो जीवन

मेघ बढ्छ आकाशभरी जलन हुन्छ तनमा
तिम्रै रापतापले गर्दा गलित छ यो जीवन

दिइजानु धेरै चिज छन् लिइ जानु केही छैन
तिम्रै स्वार्र्थी पनले गर्दा पीडित छ यो जीवन

सोचौं आधार भूमि पृथ्वी हो, शीर ढाक्ने आकाश
बुद्ध–मार्गी महाज्ञानी सर्ब –मित छ यो जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *