Skip to content

इतिहास हेर्यो भने


इतिहास हेर्यो भने बर्तमानमा डर लाग्छ
तिमी सुधी नियाल्दा त मलाई पनि भर लाग्छ

पूर्व अनि पश्चिमको विश्लेषण यो गर्दै जाँदा
हाम्रो गमन कता हुन्छ भन्न धेरै धर लाग्छ

जीवनका अथकयात्री मार्ग छामी अघि बढ्छन्
स्वमार्गको निर्माण कर्ता यात्रा सरासर लाग्छ

जीवनशैली उच्च ठाने, तिमीलाई राम्रै माने
अब मिलन भयो भने दूध माथि तर लाग्छ

पूर्णीमाकी जून अनि सरोवरकी कुमुदिनी
रूपवती नभनौ भो त्यसमा पनि कर लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *