दाल पनि गल्ने छैन दैव नलागुन्जेल
कालको बश चल्ने छैन दैव नलागुन्जेल
जीवनमा खुसीयाली, सुखसयल बाहेक
दु:खै दु:ख फल्ने छैन दैव नलागुन्जेल
थिचिहाल्ला जस्तोगरी पूरै चर्किएको
थोत्रो घर नि ढल्ने छैन दैव नलागुन्जेल
जहिले पनि वियोगले भतभती पोल्दै
प्यारो मुटु जल्ने छैन दैव नलागुन्जेल
बिपनामा मात्रै होइन सपनामासम्म
फटाहाले छल्ने छैन दैव नलागुन्जेल
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
28 November, 2012
