Skip to content


मानवहरूले एकदमै दुःख पाएकोले भगवानले सुखी बनाउने उपाय बताउन एउटा वृद्ध मानव चोला लिएर पृथ्वीमा अवतरित हुनुभयो ।

जब भगवान्ले मानवरुप लिनुभयो । संसारको, सृष्टि, स्थिति,संहारको कार्यमा विचलन सुरु भयो र शैतानी राज सुरु भयो । तैपनि मानवलाई जसरी पनि राम्रो पारुँ भनेर लागिरहेका बेला ठूलो पागल शैतानी हावा अइरहेको थाहा पाएर भगवान्ले एउटा महाठूलो खाल्टो बनाउनुभयो र संसारका सबैलाई त्यहाँ लुक्न आग्रह गर्नुभयो । तर सबैले “ सबै ठिक हुँदा पनि किन खाल्टोमा जानुपर्ने” भनेर सबैले उक्त बूढोलाई पागल साबित गरेर वास्तै गरेनन् ।

जब सैतानी हावा आयो उक्त बूढोमात्रै उक्त गहिरो खाडलमा लुके तर अरु सबैलाई सैतानी हावाले पागल बनाए । जब शैतानी हावा गइसकेको थियो भगवानरुपी बूढो खाडलबाट बाहिर निस्के र ती पागल मानवको पागलपन हटाउन लाख प्रयत्न गरे तर सबैले बूढोलाई नै पागल सावित गरेर उनका कुनै कुरा मानेनन् । पृथ्वीवासीका दुःख यथावत नै भयो ।

आखिर भगवान्ले हार खाएर मानव चोला लिन छोडे रे ।

अनि भगवान्को लोकमा गएर आफ्नो सृष्टि, स्थिति, संहार प्रकृयाद्वारा सैतानलाई पराजीत गर्न तर्फ कार्यपप्रणालीहरू सुरु गर्न थाले । अनि भगवानका गणहरूलाई भगवान्ले भन्न थाले “ हेर त देवगण हो अहिले पनि पृथ्वीमा नराम्रो काम नगर नगर नगर नगर भनेर कराइरहनेहरूलाई सबैले पागल बनाइरहेका छन् । सब ऊ मात्र नराम्रो कार्यबाट उम्कन सफल हुन्छ अरुसबै नराम्रो भएकाहरूले उसलाई नै फेरि नराम्रो सावित गर्छन् । म त हार खाएँ केही उपाय छ भने उपाय निकाल्नुस् न देवगण ? मलाइपनि यस्तै बनायो यी दुष्ट स्वभावका मानवहरूले ।”

२०७० माघ २
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *