यो देशमा संविधान बन्ला? प्रश्न उठेको छ
संघीयता र पहिचान बन्ला? प्रश्न उठेको छ
नेपालबाट छुवाछुत हटाउँछु भन्छन् सबै
साँच्चै नै यो अभियान बन्ला? प्रश्न उठेको छ
”सयौं थुँगा फूल हामी” सयतिरै फर्केका छौं
यही हाम्रो राष्ट्रगान बन्ला? प्रश्न उठेको छ
भ्रष्टाचारी फटाहा कै पूजा हुन्छ आजभोलि
सच्चा मान्छे भगवान बन्ला? प्रश्न उठेको छ
शहिदको सपना ती बलात्कृत भएपछि
कोही फेरि बलिदान बन्ला? प्रश्न उठेको छ
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
