Skip to content

के कर्मले हराउँछ


के कर्मले हसाउँछ कसले थाहा पाउने
के कर्मले डसाउँछ कसले थाहा पाउने

हेर जे देख्यो राम्रो भन्यो अघि बढ्दै गयो
कहाँ यो त बसाउँछ कसले थाहा पाउने

मानिसको स्वभाव कस्तो पत्थर बन्न सक्छ
कसो गरी रसाउँछ कसले थाहा पाउने

सूर्य जस्तै प्रकाशिलो जीवनको गाथा
आफै किन धसाउँछ कसले थाहा पाउने

चन्द्रमाको शितलता अनि चाँदनीको रम्य
जीवनमा खसाउँछ कसले थाहा पाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *