Skip to content

तीन मुक्तक (जिन्दगी)


जन्म लिएपछि जिन्दगी नदी जसरी नि तर्ने पर्छ
बाँच्नको लागि यो पापी पेट जसरी नि भर्ने पर्छ
साश्वत सत्य यो धर्तीमा कोही छैनन् अजर अमर
मृत्यु पत्रमा ल्याप्चे ठोकेर आएका छौं जसरी नि मर्नेपर्छ

रात र दिनको मिलन बिन्दु साँझ रहेछ जिन्दगी
हर्ष र बिश्मातको दोसाँध रहेछ जिन्दगी
यो जिन्दगीको कुनै भरोसा छैन
कुनै पनि बेला फुट्न सक्ने कच्ची बाँध रहेछ जिन्दगी

हावाको झोका रहेछ जिन्दगी
मृत्युको धोका रहेछ जिन्दगी
हेर्दा बरफको पहाड लागे पनि
पानीको फोका रहेछ जिन्दगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *