आफ्नै गाउ राम्रो हुन्छ शहरको कुरा नगर
सिच्न भूमि कुलो काफी नहरको कुरा नगर
क्षतविक्षत पार्न मुटु किन चाहियो तरबार
एउटै घात काफी हुन्छ कहरको कुरा नगर
देखेका ती कति कुरा भ्रम पनि हुन सक्छ
झुटलाई सत्य भन्ने ठहरको कुरा नगर
कसको शक्ति कति छ खुट्ट्याउन गाह्रै हुन्छ
ज्युदै मार्न वचन काफी जहरको कुरा नगर
बिना तमाङ सुनगाभा

akdam kalatmak dhangale
akdam kalatmak dhangale lekhnu vayeko rahexa bina nana, nirantartako lagi suvakamana hajurlai.