तिमीलाई देख्दा आज यहाँ, बिर्सेको कथा फेरि याद आयो
निको भैसकेको घाउ सबै, कोट्टिएर ब्यथा फेरि याद आयो
न आऊ तिमी फेरि यहाँ, भन्ने मेरो मतलव होइन
बन्द भएको इतिहाँस यहाँ, किताब खुली फेरि याद आयो
सही र गलतको बार्ता होइन, तर्क गरेर नै के हुन्छ
बिर्सिसकेका सम्झनाहरू, फर्की आउँदा फेरि याद आयो
स्वागत गरुँ कि न गरुँ, मनमा अनेक आशंकाहरू छन
मरिसकेको प्रीति मेरो, ब्यूँझेर आउँदा फेरि याद आयो
चमत्कारी रैछ यो संसार, उल्टो नदी पनि बग्दो रहेछ
सपनामा पनि न आउने बिपनैमा देख्दा फेरि याद आयो
हरि पौडेल
नेदरल्याण्ड
०९-११-२०१३
