१)
दिन ढलेपछि, रातको के नै अर्थ,
रात ढलेपछि, साथको के नै अर्थ
ठग्नुसम्म ठग्यो, जिन्दगीले पनि,
तिमी त्यता म यता, बआतको के नै अर्थ
२)
दिन भएपछि, रात भएपछि
तिमीसँगको न्यानो, साथ भएपछि
हजारौँ गन्तव्य, सहजै पार गर्थे सायद,
कालो मूख धनको जात भएपछि ।
३)
ऊ गएको छ मीठो सपना दिएर
पिरतीको तल तल तृषना दिएर
बनाई दिउकोछ आज एक्लो जुन,
सधैं बहकाइरहने सम्झना दिएर
चन्द्रप्रसाद भट्ट
कोटेली ३ कोटेली डडेल्धुरा
हाल – रेडियो सुदूर आवाज ९५ मेघाहर्ज डडेल्धुरा ।
