शब्दमा धुन झैं, होस् हाम्रो नाता
रातमा जून झैं, होस् हाम्रो नाता
टाढा जाउँ चाहे, नजिकमा आउँ
पानीमा नून झैं, होस् हाम्रो नाता
दुनियाँ नै बैरी, भए पिर छैन
असली सुन झैं, होस् हाम्रो नाता
लेकबेंसी गर्दै, काट्नु छ जीवन
जाडोमा ऊन झैं, होस् हाम्रो नाता
विश्वासको मुहान, अटुट रहोस
मुटुमा खुन झैं, होस् हाम्रो नाता
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
