पानाभरि शब्द पोख्छु, तिम्रो सम्झनामा
हराए झैँ हुन्छु आफैँ, आफ्नै भावनामा ।
माया भन्नु यस्तै हो कि, सोधूँ सोधूँ लाग्छ
वर्षौँदेखि पागल छ दिल, कसको चाहनामा ?
प्यासी नयन टोलाएर, यता उता हेर्छन
के देखिन्छ ? के भेटिन्छ ? शून्य तिर्सनामा ।
मन्दिर धाएँ भजन गाएँ, पूजा पनि लाएँ
आएनन ती देउता मेरो, पूजा अर्चनामा ।
सानो हुनु अभिषाप भो, संसार ठुलाकै हो
मान्छे सधैँ रमाउछ, उस्को बन्दनामा ।
आफ्नैहरू भन्ने गर्छन,पागल भयो जीवन
तिम्रै गजल गुन्गुनाउछु, सायद मुर्छनामा ।

राम्रो
जीवनजी,
यो गजल स्तरीय र अति राम्रो छ | बधाई
गौतम “उदय”