एउटै मायाले एउटै मायाले
कसैलाई शिखर पुर्याउँछ
कसैलाई फाँसी चढाउँछ
एउटै मायाले
गर्नुसम्म गर्दो रैछ प्रीतको छायाँले
कोही अमर बन्छन् यसमै कोही यसमै झर्छन्
कोही फूलको जुनी जिउँछन् किही विष पिउँछन्
सयौं घर बस्छन् यसमै सयौं घर जल्छन्
सयौं मुग्लान पस्छन् यसमै सयौं जोगी बन्छन्
एउटै मायाले
कसैलाई साह्रै हसाउँछ
कसैलाई साह्रै रुवाउँछ
एउटै मायाले
कोही हिंड्छन् दिलै गाँसी कोही दुख गाँसी
कोही बाँच्छन् हाँसी हाँसी कोही आँसु साँची
आफ्नो आफ्नो भाग भोग आफ्नो आफ्नो लेखा
फल पर्छ कोही बेला काँडा कोही बेला
शब्द – आनन्द अधिकारी
स्वर – रामकृष्ण ढकाल
संगीत – आलोकश्री
एल्बम – आगमन

very excellent!
very excellent!