सिरानी थियो साथी मेरो, गली गयो रुँदा रुदै
तस्वीर पनि मेटिएछ, यी हातले छुँदा छुदै
निष्ठुरी भन सही दिन्छु, सहनु नै पर्छ मैले
छैन माया भन्नै पर्यो, चोखो माया हुँदा हुदै
कोसिसहरू ब्यर्थ भए, शंका फाली मन जित्ने
रुमाल जस्तै माया फाट्यो, यी आँशुले धुँदा धुदै
सागरभन्दा धेरै माया, छातीभरि साँचेकी थें,
कसको आँखा लाग्यो दैव, रित्ती गयो चुँदा चुदै
कल्पना राई”ख़ुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
