रापिलो घाममा नि चिसो हिउदैछु म
पीर व्यथा बिथोल्न रक्सी पिउदैछु म
मर्यो भन्छन् रोज मलाई देख्नेहरू
समय गिज्याएर अँझै जिउदै छु म
भइयो थोत्रो पाटी, कतै कालो अक्षर
शीप पोती जीवनभर आफू लिउदैछु म
तिम्रा कठिनाइ र सन्तापहरू सबै
भगाई खुशी बोक्ने झोला सिउदैछु म
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
