एकै धरती एकै आकाश
एकै भाषा भेष हजुर एकै भाषा भेष
कहाँ होला अन्त कतै
यस्तै परिवेश हजुर यस्तै परिवेश
कञ्चन अनि मेची काली
सुनका फाँट डुल्छन
उषा किरण हाँसी हाँसी
दैलो दैलो डुल्छन
सुनको फाँड डुल्छन् हजुर
दैलो दैलो डुल्छन
छत्तीस जात फुलबारीमा
कोटी कोटी फूल
सबै फूलो नेपाली हो
एकताको मुल
कोटी कोटी फूल हजुर
एकताको मुल
स्वर – रविन शर्मा
