तिमीले दिलाएको चोट सिउन अँझै बाँकी छ
तिमीले पठाएको प्याला, पिउन अँझै बाँकी छ
म मेरे नि जिउनु तिमी सदा सदा हाँसी
तिमीले लगाएको ऋण, तिर्न अँझै बाँकी छ
के खोट देख्यौ तिमीले र छोडयौ साथ मेरो
तिमीले दिएको मलम, लाउन अँझै बाँकी छ
शब्दजाल घुलायौ नि, पानी पनि साक्षी छ
तिमीले पठाएको प्याला, पिउन अँझै बाँकी छ
संगीता सुबेदी
भिमान, सिन्धुली
