१)
आधा नै थियो बाँकी, पुरा कसरी दिन्थे
आश्वासनमा सीमीत, कुरा कसरी दिन्थे
सपना त म बोकेरै हिनेको थिए सहर,
सपनानै अधुरा रहे, सहारा कसरी दिन्थे
२)
आज ऊ मेरो घरमा आएकी थिई
म मरेको देख्दा आँशु झारेकी थिई
बाँच्नै गारो भयो होलो उसलाई,
बिचरी माया त उसलेपनि गरेकि थिई
३)
म एक्लिए आज तिम्रो शहरमा
म भत्किए आज तिम्रो शहरमा
म सानै रहे तिमी ठुली भयौ,
म अलग्गिए आज तिम्रो शहरमा
चन्द्रप्रसाद भट्ट
कोटेली ३ कोटेली डडेल्धुरा
हाल – परिवर्तनको संवाहक रेडियो सुदूरआवाज ९५ मेगाहर्ज,
डडेल्धुरामा कार्यरत
