चुरिफिरी अचम्मै छ बादलको हेर हेर
झरी पर्दा बेहाल भो आँचलको हेर हेर
भित्र कतै दुखेको छ सडकमा भौंतारिन्छ
छेवै जानु हुन्न भन्छन् पागलको हेर हेर!
बनाउँछन् ठर्रा कतै, कुहाएर जाँड पनि
कस्तो दशा भुजा खाने चामलको हेर हेर
बेहोशीमा भुल गरी रूनेहरू धेरै हुन्छन्
बग्नु पर्ने भाग्य रै’छ गाजलको हेर हेर
‘बल्या आगो ताप्ने’हरू कहाँ गए यति बेला?
दुःख पर्दा कोही छैनन् ‘घायल’को हेर हेर
गुप्तेश्वर-३,रामेछाप
हालःअल शोवैब,अबुधाबी,युएई
