कोहि मान्छे सरस मतिका प्रेम तृष्णा सुधार्ने ।
मनमा बस्तै मधु जडित वास्ना छरी राज गर्ने ।
यात्रा लामो तय गरी गरी लक्ष्य शुन्यै भएर ।
चोरी मोरी दिल मधुभरी वस्छु टाढा गएर ।
उन्दै माला श्रीजन फुलका हातमा हौसिएर ।
तान्दै चाला चपल मनका झन् तरंगै लिएर ।
आाँधी आएसरी मन लगी वन्दी हुँ क़ैदी जस्तै ।
भुल्दा भुल्दै त्रीषीत वनियो जीवनी हो कि यस्तै?
तिम्रो माया कलुषित छ वा स्वार्थले बेरिएर ।
ढाक्यौ मेरो दिलमन जिती प्रेम माला जपेर?
तिम्रो छाया सरस बुझने मूर्ख मन् भित्र पस्तै ।
धोखा हो कि त्रिषित मन यो भन्छ कत्ति नफस्दै ।
कुनबाटोमा मन बिटुलियो प्रीति छाया बढेर ?
दर्शन केहो अम्रित सुशुभा ज्ञानज्योति दिएर ।
हाँसीहाँसी दिलमन विना दिक्क लाग्ने उराँठ ।
बाँकी के हो प्रीय मनशखा बाल नौलो चिराग़ ।
चोखो माया मनविचरहे वन्छ यौटा निसानी ।
साझा श्रिष्टी अजमर रहे हुन्छ राम्रो कहानी ।
बाँटों हिड्दा मुटुभरी ब्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?
चोखो माया मनविचरहे वन्छ यौटा निसानी ।
साझा श्रीष्टि अजमर रहे हुन्छ राम्रो कहानी ।
बाँटों हिड्दा मुटुभरी ब्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?
(मन्दाक्रान्ता छन्द)
निशा खनाल अर्याल
इजरायल

बहिन निशा छन्दमा कविता
बहिनी निशा छन्दमा कविता लेख्नु लर्तरो कुरा होइन । आँट गरेकाे देखेर म सारै खुसी भएँ । तर छन्दमा अलिकति प्रयास पुगेन । केही ठाउमा छन्दभङ्ग पनि भयो । भरसक खुट्टा नकाटी लेखेको भए असल हुने नकाट्न पर्ने शब्दलाइ काटेर र काट्न पर्ने शब्दलाइ नकाटी छन्दलाइ टालटुल पार्दा उति उच्च हुन्न । टिप्पणी गर्यो दाजुले भनेर नरिसाउनु । सुमित्रा आँचल छोरीलाइ सम्झेको छ बुबाले भन्नु है उनी पनि त्यतै इज्रायलमै छिन् ।
छन्द कविता को शुझाब्को लागी आभार छु
नमस्कार दादा , बेला बेला हजुरको सुझाब पाउदा अति खुशी लाग्छ ,किन कि गल्तीलाई सच्याउने कोहि भए आफ्नो कमीलाई सुधार्न पाइन्छ ,म भानुभक्त को कविताको अति नै फ्यान हो मलाई रामायणको श्लोक हरु अति नै मनपर्छ त्यसैले लेख्ने कोसिश गरेको मात्र हु दुधे कलम धिसरने प्रयत्न हो मेरो सके सम्म सुधार्ने प्रयाश गर्ने छु हजुरले मलाई बेला बेला बेर कमि कमजोरीलाई औल्याई दिनु हुनेछ भन्ने पूर्ण आशा छ,/
छन्दमा दखल नभएकोले कवितालाई
छन्दमा दखल नभएकोले कवितालाई जस्ताको तस्तै राखेको हुँ मैले पनि । अरू बिधा भए सम्पादन गरेर राखिन्थ्यो, छन्द कविता भने उल्टै बिग्रने डर ।
आशा छ, निशाजीले लेखनलाई निरन्तरता र परिमार्जन गर्दै जानुहुनेछ ।
माथि होम सरले भनेको कुरामा
माथि होम सरले भनेको कुरामा सहमति जनाएँ ।छन्दमा कविता लेख्दा गण सूत्रको राम्रो हेक्का राख्न जरुरी हुन्छ ।हलन्त शब्दले छन्द मिल्छ तर ब्याकरण दोष हुन्छ ।त्यसैले शब्द चयनमा निक्कै चनाखो रहन आवश्यक हुन्छ ।समग्रमा दिदीको कविता राम्रो लाग्यो प्रयास जारीरहोस ।जय साहित्य ।
राम्रो लाग्यो तर पनि कतै
राम्रो लाग्यो तर पनि कतै छन्दमा दोष देखेँ
जे भो जो भो समयसँग यो जान्छ नै मात्र लेखेँ ।