Skip to content

आज त्यो निर्दयीले लुटेपछि


आज त्यो निर्दयीले लुटेपछि हार भो
सबैबाट गिरेपछि बाँच्नु के आधार भो ?

डर थियो आफूमा थाहा पाउला भनेर
मजबुरीले आज ममा बारम्बार भो

गरिबीताको कारण कस्तो विडम्बना भो
मर्छु बरु भन्दा नि लाला वालाको प्यार भो

न्याय पाउन आफूले चौकीमा उजुरी दिँदा
उल्टै पत्र–पत्रिकामा मेरै समाचार भो

परदेश गाकोले खर्च नपठाउनाले
नचाहँदा – नचाहँदै आज यै व्यापार भो ।

– © मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *