हारेर पनि बाजी मारेर गई
यता न उता आज पारेर गई
कथै विचरोलाई उनले आज
विना अर्थमा बार बारेर गई
चिल्लो गाडीबाट वाहिरिंदै थिइ
जम्का भेट हुँदा बतारेर गई
फर्केर आएकी थिइन् रे पछि
मरेछ भनी आँशु झारेर गई
मन परेछ क्यारे मेरो ‘गजल’
सुटुक्क आइछे रे सारेर गई ।
– © मानन्धर अभागी ।
