कोपिला नफुल्दै टिप्न थालेछ त्यो विहानीमा
उमेर नपुग्दै माया लाएछ त्यो जवानीमा
समयले कोल्टे फेर्दा कस्तो आँधीवेरी चलेछ
आलोचना गर्ने ठाउँ नै छैन त्यो कहानीमा
समय नै यस्तै भनुँ वा हावापानी नै यस्तै
वैंश उम्लिएर पोखिएपछि त्यो नादानीमा
दुई बीच पर्खाल बनेछ मुना र मदनको झैं
हरेक रात आँशुले भिजेछ त्यो सिरानीमा
भोलिका कर्णधारहरू बाटो बिराइरहँदा
पढाइमा हावा खाँदै गयो त्यो जिन्दगानीमा ।
– © मानन्धर अभागी ।
