कहिल्यै नमेटिने दाग छ, यो जीवनमा
आफूले भोग्नु पर्ने भाग छ, यो जीवनमा
आफू त भरिया हुँ, कुल्ली जीवनयापन
सँधैझैं खोलेसँग साग छ, यो जीवनमा
आफूमा केही लोभ छैन, आफै कर्म गर्नेछु
जेहोस् आफूभित्र त्याग छ, यो जीवनमा
मेरो पसिनाको फल, धेरै ज्याला भन्दा
सभ्यता बोलीको माग छ, यो जीवनमा
अशोभनीय निच, मान्छेमा भन्दा बढी
पशुसँग अनुराग छ, यो जीवनमा ।
– © मानन्धर अभागी ।