Skip to content

जीवन भित्र अनौठो कहानी


जीवन भित्र अनौठो कहानी रहेछ
कहानी भित्र भित्रै जवानी रहेछ

बल्ल – बल्ल फूलेर झुल्न नपाउँदै
काँडा बीचको फूल त्यो नादानी रहेछ

छाती भरि भरि फूल्न त फूल्यो तर
पहाड किन रोज्यो विरानी रहेछ

विहानीपख सूर्यको किरण सँगसँगै
फूल्नै नपाई झर्ने जिन्दगानी रहेछ

जिन्दगी यस्तै हो भँवराले छोडेपछि
जहाँ फूल्यो त्यहीँ माटो सिरानी रहेछ ।

– © मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *