Skip to content

देख्दैछु म आजकाल


देख्दैछु म आजकाल, आफ्नो हातमा आफ्नै लास
कसैको चोट – पीडाले, भौंत्तारिरहे आसपास

मित्र अनिश्चित यात्री, खै डर के हो – भर के हो
अब त थाकिसके, भएनछ अब भय त्राश

फूलको जात यस्तै हो, मालीलाई बिर्सि दिन्छन्
फर्कि आउँछ कि भन्ने, हुँदो हो अझै ठूलो आश

बरु फूल्दै नफूल्नु, फूलेपछि सधैँ फूलिरहनु
साथ छाडेर यात्रीको, जिन्दगी नहोस् नास

ए फूलहरू हो, मेरो अनुनय – विनय छ
बाँच्ने आधार देउ, नपठाउ वनबास ।

– © मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *