Skip to content


पढे बढे अरु जस्तै जन्मिए यही लोकमा
चाले पाईला सुस्त सुस्त घिसारिदै यो जगमा

मनभित्र पसेको त्यो चोट कसरी पचाउ
ढल्दै जादैछ दिनहरु त्यो गुजारिदै यो जगमा

निर्दयी छौ कि कतै ? गल्दैछ शरीर यो
डुबाउछौ कि?एक्लो बनाउछौ? उघारिदै यो जगमा

समाले सधै विपत्तिमा तिमीलाई चुकेकी कर्म गर्न ?
पचाउन गार्हो भयो आज स्वीकारिर्दै यो जगमा

कुनै त्रुटी गरे कि ? घुर्काउछौ सधै तिमी
सताउछौ किन यति आज बटारिदै यो जगमा

रमाउदैछौ रे तिमी एक्लो बिर्सिएछौ बाचा त्यो
पायौ कि माया कतै ? मडारिदै यो जगमा

निशा खनाल अर्याल

3 thoughts on “पढे बढे अरु जस्तै”

  1. यस कविताका बारेमा केही भन्ने
    यस कविताका बारेमा केही भन्ने विचार थियो तर निशा अर्याल बहिनीले सुने पो ।

  2. होमजी,
    कुरा वहाँसम्म

    होमजी,
    कुरा वहाँसम्म पुर्या’को छु 🙂

  3. निशा बहिनीलाइ इज्रायलमा
    निशा बहिनीलाइ इज्रायलमा फुर्सुद नहुन सक्छ । कुनै बेला हेर्न सक्नुहोला । अनि कुरा गराैला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *