Skip to content


संविधानका धाराहरुको
कानूनका दफाहरुको
नियमका परिच्छेदहरुको
अक्षर यांत्रहरुले जेलिएर
काम कर्तब्य र अधिकारको निर्देशनमा
मूल्य र मान्यताको ब्याट्रीबाट संचालित
रोबोट मानव हो, कर्मचारी ।
सगरमाथाको थाप्लोमा आँखा टाँसेर
कहिले मेचीमा
कहिले महाकालीमा
कहिले फेवातालमा
कहिले रारा तालमा
अभाव र महंगीले निम्त्याएको
आफ्नो दुर्दशाको प्रतिबिम्ब नियालेर हेर्छ
सङ्ग्लो नदीको घोडा चढेर
कर्तव्यको गन्तव्यमा पुग्ने प्रयास गर्छ
प्रतीकात्मक रोबोट देखिए पनि
निर्जीव फलामे रोबोट होइन, कर्मचारी ।
तराईका फाँट र पहाडहरुमा
समबेदनाको उचाई र
भावनाको गहिराई नाप्छ
सुबिधाको झरनामा नुहाएको
मीठो सपना देख्छ
कल्पनाको घोडामा उन्नतिको शिखर चढ्छ
हिउँमा दुखेसो डायरी लेख्छ
आकांक्षा र महत्वाकांक्षाका रुपाताल, कर्मचारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *