Skip to content

सुनाखरी: प्रेम, जीजीविषा र सौन्दर्य


प्रेम चट्टानमा दिव्य कल्पनाकी सुनाखरी
झुन्डिन्छे सत्य-सौन्दर्य आविर्भाव हुने गरी
।।१।।

सपना प्रेम आनन्द जो बाँड्छे विपना सरी
चिम्ली आँखा सधैँ हेर्छु मुटुकी यो सुनाखरी
।।२।।

भीरमा न त आत्तिन्छे शून्य-एकान्तमा परी
मधु-माधुर्य मात्तिन्छे प्रेमसिक्त सुनाखरी
।।३।।

यही जीजीविषा प्यारी यही आत्मीय मञ्जरी
मूर्दामा भर्दछे प्राण यही प्यारी सुनाखरी
।।४।।

: नरेन्द्र पराशर
छन्द : अनुस्टुप्

http://narendraparasar.blogspot.co.uk/2014/05/blog-post_5.html

1 thought on “सुनाखरी: प्रेम, जीजीविषा र सौन्दर्य”

  1. kasme
    हुनेभए अझै राम्रो सुनभित्र सुवास त्यो
    बनेको झैँ बनेको छ तपाईंको मिठास यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *