बुढेसकालले छोयो क्यारे, कपाल सबै पाक्यो अब
सोच्न छोड्यो मस्तिष्कले, मनस्थिति थाक्यो अब
नाना थरी बिमारीले, दु:ख दिए सधैं भरि
किन किन लाग्न थाल्यो “दैवले नै डाक्यो अब”
आशा इच्छा मरी सके, ओइलिएको फूल जस्तै
क्षितिजमा कालो कालो, बादलुले ढाक्यो अब
चल्न फिर्न गाह्रो भयो, आँगनी भो कता कता
प्रकृतिले कोल्टे फेर्यो, घरै भित्र जाक्यो अब
आफन्त नि पातलिए, बस्नु पर्दा अशक्त भै
समयले आफैँ तिर, तीखो वाण ताक्यो अब
तेरो मेरो भन्दा भन्दै, बित्यो सबै जिन्दगी यो
बल्ल बुझ्यो धर्म कर्म, देवी द्यौता भाक्यो अब
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

बाह भट्टजी । क्या छ भावना ।
बाह भट्टजी । क्या छ भावना । बुढेसकालको बारेमा यो भन्दा सटीक कथन के हुन सक्ला । मलाइ यसले सारै प्रभाव पारेकाे छ । यस्ती सामग्रीका लागि धन्यवा ।
यो सद्भावनाको लागि अत्यन्तै
यो सद्भावनाको लागि अत्यन्तै आभारी छु l
राम्रो लाग्यो । बुढेसकाल अब त
राम्रो लाग्यो । बुढेसकाल अब त चालिस पारी लागिहालियो, हामीलाइ पनि त्यसैले तान्छ कि क्या हो ।
यो सद्भावनाको लागि अत्यन्तै
यो सद्भावनाको लागि अत्यन्तै आभारी छु l
बुढेसकाल उतै गुजार्ने विचार छ
बुढेसकाल उतै गुजार्ने विचार छ कि कसो भट्टजी ।
बुढेसकाल उतै गुजार्ने विचार छ
बुढेसकाल उतै गुजार्ने विचार छ कि कसो भट्टजी ।
छैन हजूर l
छैन हजूर l