Skip to content


यतिबेला मेरो मथिङ्गल
सुडान अनि सोमालिया भएको छ ।

मेरा आफ्ना आँखाहरू
धोकाका ढोकाबाट नियालिरहेका छन्
सुकाइएका अनन्त सपनाहरू
अनि तन्द्राका बिस्कुनहरूमा
रजाइँ गरिरहेका छन् रातहरू

मेरो शिरको सगरमाथा
एक्लो उभिएको छ ।

गिध्दहरूको झुण्डहरूबाट
निस्किरहेको सिनोको लालसामा
मेरो देश कहीं कतै
दिग्भ्रमित र विस्मृत छ ।

यतिबेला मेरो आस्था
आफ्नै विचार र आचारका विरुध्द
आन्दोलनरत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *