Skip to content


उहाँको उत्पत्ति
उनी र म
एकै जमिनका
सम्बन्ध बाँध्यता
अनायासै स्पर्ष
उत्पन्न तरङ्ग
भ्रष्टचार, अशान्ति
अविश्वास र हत्या ।

फेरि मिठो मिलनको
बाचा कसम
अन्ततः
उनलाई सुबिधा
मलाई ऋण
तिर्न नसक्दा
प्रवास यात्रा ।

अमन र शान्ति
जङ्गलमा
बिकास
बिदेशी बैङ्कमा
घरमा कोही आएनन्
संबिधान बनाउन
हाम्रो सहवास
उपलब्धी र जन्म
६०५
तोतेबोली बोल्दैछन्
सवा, सवा, सवा
परिणाम
रङ्गहिन जीवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *