आशै आशमा, बित्छ जिन्दगी
रोजै दासमा, बित्छ जिन्दगी
मायाँ गर्छ को, यो प्रवासमा ?
जाली पाशमा, बित्छ जिन्दगी
सोची ल्याउँदा, छैन हर्ष नै
ठूला भासमा, बित्छ जिन्दगी
पूरै देहमा, पोल्छ दर्दले
पीडा रासमा, बित्छ जिन्दगी
वस्ती लाग्छ याँ, शून्य घाट झैं
रूखा वासमा, बित्छ जिन्दगी
दैवी खेल हो, या त धृष्टता ?
तीता गाँसमा, बित्छ जिन्दगी
मातृभूमि नै, स्वर्ग जान्नु है
खुल्ला सासमा बित्छ जिन्दगी
(पोस्टराज चापागाईं ज्यूको नयाँ छन्दमा आधारित गज़ल)
(सूत्र:- SSS ISS IS IS )
कोमल भट्ट,
काठमाडौँ
हाल : न्युयोर्क
