Skip to content

त्यो उदाङ्गो आकाश

  • by

त्यो उदाङ्गो आकाश गरीबको घर धुरी हो
यो समय र सरकार कति सार्हो निष्ठुरी हो

हराम साहुहरुले सधैं गुलाम सम्झिरहे,
मैले गरेको काम चौकिदारी हैन मज्दुरी हो

तेरो थुतुनो ठिक ठाउमा राख भन्नु भो श्रीमान
राख्नु र काट्नुपर्ने त बलत्कारीहरुको तुरि हो

फुलले पुज्थ्यो होला यसरी कहाँ दुख्थ्यो होला
तिम्रो दिल पत्थर हुन नसक्नु तिम्रो मज्बुरी हो

कै पनि चाहिदैन सफलता समृद्दी धनीमनि यौनी
मागैकै छैन मैले, खोजेको यिनीहरू हैन खुशी हो

सुरुमा मीठो आवाज निकालेर धोकेवाजले,
अन्तिममा चलाउने भनेको खुकुरी र छुरी हो

अर्काको आँसु र पसिना प्युनेलाई केथा मालिक
त्यो उखु किसान ! हैन मह निकाल्ने माहुरी हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *