Skip to content

तीन मुक्तक (अर्धाङ्गिनी भनिन्छ)



अर्धाङ्गिनी भनिन्छ, अधिकारमा कहाँ छ र
चक्रव्यूह रच्नेसँग पर्न हुन्न कही भर
त्यसैलेत घर घर अन्तर्बिरोध चलेको छ
अविवेकी छन् भने घरमा हुन्छ करकर


पानी पर्यो झमझम तमसुक लेख्यो घरले
आज–भोलि चलेको छु तमसुक कै भरले
ठूलो खेत पोहोर बेचें बारी आघुँ साललाई
बाँचेको छु इष्टमित्र बाध्यता कै भरले


कर्के आँखा लोर्के जोवान सिउँदोमा सिन्दुर
उर्लदो छ जवानी त साथ रैछन् विदुर
शुभ यात्रा शुभ कर्म सगरमाथा चुम
लेकको बाटो पैदल यात्रा दवाइ राख टिमुर

सदानन्द अभागी

1 thought on “तीन मुक्तक (अर्धाङ्गिनी भनिन्छ)”

  1. सदानन्दजी तपाइँ ता समीक्षक नै
    सदानन्दजी तपाइँ ता समीक्षक नै हुनुहुन्छ । आफूले लेखेका मुक्तक कतिसम्म स्रीय छन् आफै‌ मूल्याङ्कन गर्नुहोस् त ।हुन त आफ्नो छोरो लुते भए पनि राम्रै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *