Skip to content


नदी तरेर ऊ गई म वारी नै बसिरहेँ
ऊ हाँसेर बिदा भई म आँसुमा खसिरहेँ

मायाले दिएको फूल मनभरि बिझिरह्यो
भुल्न त खोजेँ कति यादहरू दुखिरह्यो
मसानसरी भो जिन्दगी म लास झैँ जलिरहें

रातभर ऊ आए झैँ, आए झैँ लागिरह्यो
सपनामा पनि मलाई डाके झैँ लागिरह्यो
बलेर मैन बत्ती झैँ म तपतपी झरिरहेँ

ओठ काँपी नै रहेँ मुटु खालि धड्कियो
भन्छु भन्थेँ जुन कुरा भित्र कहीँ अड्कियो
म एक्लो मूर्ती झैँ उदास किनारमा परिरहेँ

शब्द : कालीप्रसाद रिजाल
स्वर : रामकृष्ण ढकाल
संगीत : नातीकाजी
एल्बम : साहिँली

Leave a Reply

Your email address will not be published. Required fields are marked *