Skip to content

कविता वनी फूलले मुस्कुराए


कविता वनी फूलले मुस्कुराए
मलाई भिजाएर निथ्रुक्क पारे
पिएँ मस्तले जाम हो वा नशाको?
थिए ब्रम्ह झै ज्ञान लालित्यताको ।। १।।

बटुल्दा किरण पोखिएका उषाका
सुनौलो मणि भित्र रम्दै रविका
म नाचे त्यहीँ प्रेमले गुनगुनाई
सितारा ध्वनि रत्न शौन्दर्यहारी ।।२।।

हराएँ म ता भावका छाल भित्र
डुवें मस्त सन्जालका तालभित्र
नशा यी नशा भित्र वग्दैरहें कि?
ती झर्ना उज्याला नदीमा मिलें कि?।।३।।

मुटु केन्द्र वा छेउ चारै कुनाका
निचोरी सबै माधुरी भाव वेत्ता
थुने मुस्कुराइ म जेलै परें की?
नअट्टाइ दिल् भित्र मुग्धै वने कि?।।४।।

तिनैमा नुहाएर तनमन झुलेका
रसादिहरू ब्रह्मज्ञानै भिजेका
सुरापानको चेतना वा नशाको
अनौठो मीठो स्वप्न हो कि दिवाको?।।५।।

कि ता श्वर्गको त्रिप्ति हो यो अनौठो?
नशानन्दको श्रेष्ठता वर्षिएको
खचाखच भरी विम्बका पोखरीमा
म पानी वनेछु हराए त्यसैमा ।।६।।

1 thought on “कविता वनी फूलले मुस्कुराए”

  1. सम्पादक ज्यू
    मैले अरु २ कविता

    सम्पादक ज्यू
    मैले अरु २ कविता पनि पठाएको थिए‍‍ कृपया प्रकाशन गरिदिन हुन अनुरोध छ ।
    धर्मराज कोइराला
    सह प्राध्यापक
    रत्न राज्यलक्ष्मी क्याम्पस
    काठमाण्डू

Leave a Reply

Your email address will not be published. Required fields are marked *