मुटु ढुक्क ढुक्क गर्यो उनैलाई सम्झे
कुतकुती लागे जस्तो मनैदेखि तर्से
पोखियो कि तरंगको झोका उनको छेउ
दंग परे किन कुन्नि हो नपाएर भेउ,
क्षितिजको पर्दा च्याती चियाएर देखे
हाँसी हाँसी पिरतीको गाथा मैले लेखेँ
कहाँ कहाँ भयो हाम्रो मिलन दिव्य शृष्टि
सधैभरि पुगिरहोस ईश्वरको दृष्टि
उन्कै याद किन आउने ? अरु के के भए?
थाहा छैन सत्ते सत्ते हराएर गए
हाँसिरहने दिल भित्र कहिले हराउदैन
उनीभन्दा प्यारो कतै संसार मै छैन

यस कविता वा गजलका बारेमा केही
यस कविता वा गजलका बारेमा केही लेखौ भने बहिनी निशाले सुन्ने होइनन् । अरु हामी पाठकहरुलाइ ता पढीएकै कुरा हाे हामीलाइ मात्र यसका बारेमा के टिप्पणी गरिरहने र ।